Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

१५ दिनभित्र हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह

१५ दिनभित्र हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह

पाल्पा : निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले १५ दिनभित्र हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले अनुमति प्राप्त गरी घरमा राखेका त्यस्ता हातहतियार बुझाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए ।

पाल्पा जिल्लाभित्र व्यक्तिगत रुपमा राखिएका ईजाजत प्राप्त हातहतियार बुधबारदेखि १५ दिनभित्र नजिकको प्रहरी ईकाई वा जिल्ला प्रहरी कार्यालय पाल्पामा अनिवार्य रुपमा बुझाउन प्रशासनले आग्रह गरेको हो।

यसरी बुझाईएका हतियार निर्वाचन कार्य सम्पन्न भएको मितिले एक महिना पश्चात सम्बन्धित धनीले फिर्ता पाउने प्रशासनले जनाएको छ। तोकिएको समय सीमाभित्र हातहतियार नबुझाएमा वा अटेर गरेमा कानुन बमोजिम कारवाही अगाडी बढाइने सहायक प्रजिअ सुवेदीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट