Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

‘धुरन्धर २’ को बक्स अफिसमा धमाका: ३ दिनमै ३०० करोडको आँकडा पार

‘धुरन्धर २’ को बक्स अफिसमा धमाका: ३ दिनमै ३०० करोडको आँकडा पार

मुम्बई : फिल्म ‘धुरन्धर २’ रिलिज भएको तीन दिन भएको छ । फिल्मले  बक्स अफिसमा हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । रिलिजको तेस्रो दिन अर्थात् शनिबार फिल्मले आफ्नो अहिलेसम्मकै उच्च कमाइ गर्न सफल भएको छ । फिल्मले तेस्रो दिन ११३ करोड (भारु) कमाउन सफल भएको हो ।
 
पहिलो दिन १०२.५५ करोडको सानदार ओपनिङ गरेको थियो । फिल्मको कुल भारतीय कलेक्सन ३३९.२७ करोड रुपैयाँ पुगेको छ। रिलिजको मात्र तीन दिनमा फिल्मले ३०० करोडको आँकडा पार गरेर ऐतिहासिक सफलता हात पारेको छ ।

हालसम्म फिल्मले विश्वव्यापी ३७० करोड रुपैयाँ सङ्कलन गरिसकेको छ। यो कमाइपछि फिल्म विश्वव्यापी कलेक्सनको सूचीमा तेस्रो स्थानमा आएको छ। यस फिल्मले प्रभासको फिल्म ‘राजा साहब’ को लाइफटाइम वल्र्डवाइड कलेक्सन (२०८.३८ करोड) लाई निकै पछाडि पारेको छ।

फिल्मको नेपालमा पनि राम्रो व्यवसाय भइरहेको छ । नेपालमा यसले अहिलेसम्म कति व्यवसाय गर्‍यो भनेर सार्वजनिक गरिएको छैन । नेपालमा यो फिल्म निओम फिल्मस् प्रालिका लागि नवीन उदास, कश्यप नरेन्द्र वेद लगायतले भित्र्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij