Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रवि लामिछानेलाई सांसदको हैसियतले काममा रोक लगाउन माग गरिएको रिट अस्वीकार

रवि लामिछानेलाई सांसदको हैसियतले काममा रोक लगाउन माग गरिएको रिट अस्वीकार

काठमाडौँ  : सर्वोच्च अदालतले रवि लामिछानेविरुद्धको रिट निवेदन दरपीठ गरेको छ। सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको हो।

लामिछानेलाई सांसदको हैसियतले काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट पेश भएको थियो। सहकारी ठगी प्रकरणमा मुद्दा चलिरहेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलेको थियो तर यस अघिको सरकारले मुद्दा फिर्ता गर्न सिफारिस गरे पनि अझै विचाराधीन अवस्थामै रहेको छ।

त्यसैले बडालले सम्पत्ति शुद्धीकरण मुद्दा लागेका लामिछानेलाई सांसदको हैसियतले काम कारबाही गर्न रोक लगाउनुपर्ने माग राखी सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट