Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपाले अघि सारेको प्रस्तावबारे अन्य दलसँग पनि छलफल भएको छ : सोविता गौतम

रास्वपाले अघि सारेको प्रस्तावबारे अन्य दलसँग पनि छलफल भएको छ : सोविता गौतम

चितवन : कानुन मन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताएकी छन् ।

बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका विषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यकता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताएकी हुन् । रास्वपाले प्रदेशसभा खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय स्वरूपसहित प्रस्ताव अघि सारेको थियो । गौतमले आफूहरूको प्रस्तावमाथि छलफल भएर कहाँसम्म गएर सहमति हुन्छ भन्ने कुरामा निर्भर हुने उल्लेख गरिन् ।

त्यस्तै गौतमले तीन दिनका लागि निर्धारित पार्टीको महाधिवेशन लम्बिएका कारण पदाधिकारीको निर्वाचनपछि बिहीबार नै सम्पन्न गर्ने तयारी रहेको बताइन् । रास्वपाको पहिलो महाधिवेशन भएको कारणले सबै कुरालाई सिकाइको रूपमा मात्रै लिएर अगाडि बढ्न खोजेको उनको भनाइ छ । उनले दोस्रो चरणको निर्वाचनमा आफूले पनि उम्मेदवारी दिने भन्दै उम्मेदवारी दिएपछि मात्रै आफूले पदको जानकारी दिने बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट