Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति

दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। 

न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले खड्कालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले  जानकारी दिए।

अदालतले सम्पत्ति शुद्धीकरण कसूरको जाँचबुझ अनुसन्धानका सिलसिलामा पक्राउ परेका खड्‌काको बयान सुरु भए पनि प्रमाणहरु बुझ्ने तथा बयान गराउने समेतका अनुसन्धान सम्बन्धी कार्यहरु बाँकी नै रहेको भन्दै म्याद थप गरेको हो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट