बिर्तामोड : झापाको बिर्तामोडमा आयोजित तेस्रो मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङ ओपन प्रतियोगितामा चितवनका सञ्जिव श्रेष्ठले ७५ केजी तौल समूहमा तेस्रो स्थान हासिल गरेका छन्।
चितवन महानगरपालिका–९, गोन्द्राङ निवासी श्रेष्ठले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान प्राप्त गरेका हुन्। नियमित मेहनत, व्यायाम र अनुशासनमार्फत बडी बिल्डिङमा सक्रिय श्रेष्ठको यो उपलब्धिलाई चितवनको खेल क्षेत्रका लागि समेत महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका श्रेष्ठलाई शुभेच्छुक तथा स्थानीयले बधाई दिँदै आगामी प्रतियोगिताका लागि सफलताको शुभकामना दिएका छन्।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij