काठमाडौं : रचनाकार, सङ्गीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को निधन भएको छ।नेपाली तथा नेपालभाषाको गीत–सङ्गीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्याएका बेहोसीको बुधबार ९१ वर्षको उमेरमा निधन भएको नेवाः पत्रकार दवूका पूर्वअध्यक्ष एवम् सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिए।
नेपाली तथा नेपालभाषा (नेवारी) गीत–सङ्गीत क्षेत्रमा छ दशकभन्दा बढी समय योगदान पुर्याएका बेहोसी गायन, सङ्गीत सिर्जना, रचना तथा नाटक क्षेत्रमा सक्रिय थिए। उनलाई नेपाली र नेपालभाषाको सङ्गीत क्षेत्रका धरोहरका रूपमा स्मरण गरिन्छ।
विसं २०१३ मा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी त्यही दिन प्रत्यक्ष प्रसारणमा गीत गाउने सौभाग्य प्राप्त गर्ने अग्रणी गायकमध्ये उनी एक थिए।
पाटनको भिन्छबहालमा हुर्किएका र भोलढोका बस्दै आएका बेहोसीका दुई छोराहरु आनन्द र चेतन तथा छोरी मुनु बज्राचार्य छन् ।स्वर्गीय बज्राचार्यको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij