Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

इन्जुरी समयको गोलमा आयोजक क्यानडा एतिहासिक प्रि-क्वाटर फाइनलमा

इन्जुरी समयको गोलमा आयोजक क्यानडा एतिहासिक प्रि-क्वाटर फाइनलमा

काठमाडौँ  : विश्वकप फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा आयोजक क्यानडाले एतिहासिक रुपमा अन्तिम १६ मा स्थान बनाएको छ। प्रि-क्वाटरफाइनलमा स्थान बनाउने क्रममा क्यानडाले दक्षिण अफ्रिकालाई इन्जुरी समयमा स्तब्ध बनायो। दुबै टोली पहिलो पटक नकआउट चरणमा स्थान बनाउन सफल भएका थिए।

अधिकांस समय गोलरहित बराबरी भइरहेको खेलमा क्यानडाले ५ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेन एउस्ताकियोको नाटकीय र निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १-० ले पराजित गर्दै पहिलो पटक विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

स्पष्ट गोलका अवसरहरू निकै कम बनेको प्रतिस्पर्धात्मक खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिइरहेका बेला दक्षिण अफ्रिकाका डिफेन्डरले हेड मार्फत क्लियर गरेको बललाई डिबक्स बाहिर रहेका एउस्ताकियोले प्रहार गरेको उत्कृष्ट सटले जाली चुम्यो र क्यानडालाई ऐतिहासिक सफलता हासिल गर्यो।

अब क्यानडाले क्वाटरफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र मोरक्को बिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट