Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

बाढी उद्धारमा योगदान पुर्‍याउने युवा व्यवसायी अग्रवाललाई कदर–पत्र

बाढी उद्धारमा योगदान पुर्‍याउने युवा व्यवसायी अग्रवाललाई कदर–पत्र

चितवन : बाढीपछि खोज, उद्धार, शव संकलन तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएको चन्दन अग्रवाललाई जिल्ला प्रशासन कार्यालय चितवनले कदर–पत्र प्रदान गरेको छ।

विपद्को कठिन परिस्थितिमा अग्रवालले देखाएको तत्परता, मानवीय संवेदना र निःस्वार्थ सेवाको कदर गर्दै कदर–पत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कदर–पत्रमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अध्यक्ष गणेश अर्यालको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट