Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

बाजुराको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

बाजुराको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ  : नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश आसपासका क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पका धक्का मापन गरिएका छन् । भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पटक बुधबार राति बाजुरामा भूकम्प गएको हो। 

‘राति ९ बजेर ३७ मिनेटमा बाजुराको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ,’ केन्द्रले भनेको छ, ‘यसको तीव्रता ४.१ म्याग्निच्युड रेकर्ड भएको छ।’

यसअघि असोज २० गते राति भारतको उत्तराखण्डमा पनि ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो। राति १० बजेर ३८ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रबिन्दु नेपालको दार्चुलाबाट करिब एक सय किलोमिटर पश्चिममा पर्छ। केन्द्रबिन्दु भारतमा भए पनि यसको धक्का नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो।

त्यस्तै भदौ ३१ गते मुगु जिल्लामा एकै रात दुईवटा भूकम्प गएका थिए। मुगुको कालै आसपास केन्द्रबिन्दु बनाएर राति १ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्युडको पहिलो धक्का गएको थियो। 

‘पहिलो धक्का गएको केही घण्टापछि मुगुमै अर्को भूकम्प गएको छ,’ केन्द्रको विवरणमा उल्लेख छ, ‘बिहान ४ बजेर २८ मिनेटमा कालै आसपास नै ४।२ म्याग्निच्युडको दोस्रो धक्का मापन गरिएको हो।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट