काठमाडौँ : भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा सुधाकर दलेलालाई पठाउने भएको छ । नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्केपछि उक्त ठाउँमा दलेलालाई प्रस्ताव गरेको हो ।
दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले आफ्नो कूटनीतिक यात्रा इजरायलबाट सुरु गरे । उनले ब्राजिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगहरूमा सेवा गरिसकेका छन् । उनी भुटानमा भारतीय राजदूतका रूपमा पनि थिए ।
हाल उनी विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को रूपमा कार्यरत छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij