Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

विमला पोखरेलको नेतृत्वमा फेरिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा, सेवाग्राहीमैत्री कार्यसम्पादनमा जोड

विमला पोखरेलको नेतृत्वमा फेरिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा, सेवाग्राहीमैत्री कार्यसम्पादनमा जोड

हेटौंडा : कुनै समय उद्योगी, व्यवसायी तथा सेवाग्राहीबाट सेवा प्रवाहमा ढिलासुस्ती, झन्झट र तनाव हुने गरेको गुनासो सुनिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडा पछिल्लो समय आफ्नो कार्यशैली सुधार गर्दै सेवाग्राहीमैत्री बन्न थालेको छ। कार्यालय प्रमुख विमला पोखरेलको नेतृत्वमा रहेको टोलीले कार्यसम्पादन, पारदर्शिता र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कार्यालयको सेवा प्रणालीमा सुधार ल्याएको जनाएको छ।

कार्यालयका अनुसार लक्ष्यअनुसार उत्कृष्ट कार्यसम्पादन हासिल गरिएको छ भने सेवा प्रवाहमा शून्य भ्रष्टाचारको नीति अवलम्बन गर्दै उद्योगी, व्यवसायी तथा सेवाग्राहीलाई सहजीकरण गर्ने अभ्यासलाई प्राथमिकता दिइएको छ। यससँगै NeFFILS मार्फत अनलाइन डाटा तथा सेवा प्रणाली विस्तार गरिएपछि विभिन्न प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीले व्यहोर्नुपर्ने अनावश्यक झन्झट र समय घटाउने प्रयास गरिएको कार्यालयले जनाएको छ।

कार्यालयको परिवर्तनमा प्रमुख पोखरेल मात्र नभई सम्पूर्ण कर्मचारी टोलीको सामूहिक प्रयास रहेको बताइएको छ। खाद्य उद्योग सञ्चालन, नियमन तथा गुणस्तर नियन्त्रणसँग सम्बन्धित प्रक्रियामा उद्योगी–व्यवसायीलाई कानुनी प्रक्रिया बुझाउनेदेखि आवश्यक सहजीकरणसम्ममा कर्मचारीले सहयोगी भूमिका निर्वाह गरिरहेको सेवाग्राहीहरूको अनुभव छ।

कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठी समेत सम्पन्न गरेको छ। समीक्षा तथा कार्यसम्पादनको मूल्यांकनसँगै आगामी दिनमा खाद्य स्वच्छता र गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई छिटो, पारदर्शी र सहज बनाउनेतर्फ कार्यालयको ध्यान केन्द्रित रहेको छ।

कुनै समय ‘सास्ती दिने कार्यालय’ भन्ने गुनासो खेपेको सरकारी निकायलाई सेवाग्राहीमैत्री कार्यालयमा रूपान्तरण गर्ने प्रयासले निरन्तरता पाए, सरकारी सेवा सुधार नेतृत्व, प्रविधि र कर्मचारीको सामूहिक इच्छाशक्तिबाट सम्भव छ भन्ने सकारात्मक उदाहरण बन्न सक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट