Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

चितवनमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालन

चितवनमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालन

चितवन : सरकारले चाडपर्वका अवसरमा सहुलियतको पसल सञ्चालन गरेको छ । सोही अनुसार चितवनमा पनि साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सेवा जारी राखेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन चितवनका प्रमुख बुद्धिविनोद दाहालले कार्यालयबाट बिक्री हुने चिनीमा प्रतिकेजी ५ र आयो नुनमा  २ रुपैयाँ छुट सहितका सामान उपलब्ध गराइएको बताउनुभयो ।

उहाँका अनुसार निम्न मूल्यमा सामान पाइन्छ

१, चिनी १ केजी खुल्ला रु १००।०० दरले उपलब्ध गराईने छ।

२, आयो नुन १ केजी पाकेट रु २४।०० दरले उपलब्ध गराईने छ ।

३, चिनी र नुन प्रति व्यक्ति (परिवार) बढिमा ६ केजीका दरले उपलब्ध गराईने छ ।

४, तेल, चिउरा, दाल, पिठो र मैदामा प्रति व्यक्ति (परिवार) बढीमा ५ लि. केजीका दरले उपलब्ध गराईने छ ।

५, तेल, चिउरा, दाल, पिठो र मैदामा प्रति लि। केजीमा रु ७ छुट दिई व्यक्ति (परिवार) बढीमा ५ लि. केजीका दरले उपलब्ध गराईने छ।

६, सहुलियत दरको सुविधा २०८३ आश्विन ०१ गते बाट लागु भई २०८३ कार्तिक मसान्त सम्म कायम रहने छ।

वृद्ध, असक्त, उपभोक्ताहरुलाई विशेष पहिलो प्रथामिकता दिईने छ र सबैको सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।

सहुलियत दरको पसल बिहान ९:१५ बजे देखि ४:३० बजे सम्मा खुल्ला रहने छ ।

तोकिएको र आवश्यक भएको मात्र परिमाण खरिद गर्नको लागि सबै उपभोक्ताहरुलाई अनुरोध गरिएको छ।

अत्यावश्यक सेवा सुविधा अन्तर्गत कार्यालयमा उपलब्ध रहेको सामानहरु मात्र उपलब्ध गराईने हुदा उक्त सामानहरु मात्र खरिद गरेर लान सकिने भएको हुँदा सबैको सहयोगको लागि अनुरोध गरिएको छ।

आवश्यक परेको समयमा कुपनको व्यवस्था गरी बिक्री वितरण गरिने छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट