Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ : नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटपुटबाहेक देशभरका वडामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ। त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

रसुवामा बाढीले क्षति पुर्‍याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिनुभयो।

नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन्। जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ।

कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ।

कांग्रेसले यही १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्दैछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट