Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

अघिल्ला सरकारले ५ दिनमै गर्ने निर्णय, अहिले २९ दिनसम्म भएन : रास्वपा सांसद

अघिल्ला सरकारले ५ दिनमै गर्ने निर्णय, अहिले २९ दिनसम्म भएन : रास्वपा सांसद

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भरत पराजुलीले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पराजुलीले बाढी आएको २८ दिन पूरा भइसक्दा पनि बेपत्ता नागरिकका परिवार अन्योलमा रहेको बताए। उनले भोटेकोशी क्षेत्र व्यापारिक नाका तथा केन्द्र भएकाले बाढीको असर प्रभावित जिल्लामा मात्र सीमित नभई देशका ६५ जिल्लासम्म परेको दाबी गरे।

‘बाढीमा बेपत्ता भएका नागरिकको सम्बन्धमा सरकारले अहिलेसम्म आवश्यक निर्णय नगर्दा परिवारले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन्,’ उनले भने।

पराजुलीले विगतका बाढी–पहिरोमा बेपत्ता नागरिकलाई मृत्यु सरह कायम गरी पाँच दिनभित्र राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय हुने गरेको उल्लेख गर्दै यसपटक पनि तत्काल आवश्यक निर्णय गर्न सरकारसँग आग्रह गरे।

‘परिवारको सदस्य गुमाएका नागरिकलाई राज्यले तत्काल सम्बोधन गर्नुपर्छ। यसबारे अहिलेसम्म निकासा नभएकाले तत्काल निर्णय गरेर राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गर्दछु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट