Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेसको पालिका अधिवेशन: भरतपुर महानगरमा महिला उपसभापति र सह–सचिव निर्विरोध

कांग्रेसको पालिका अधिवेशन: भरतपुर महानगरमा महिला उपसभापति र सह–सचिव निर्विरोध

 

भरतपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भरतपुर महानगरपालिकाको नयाँ नेतृत्व चयनका लागि आज दिउँसोदेखि मतदान भइरहेको छ । महिला उपसभापतिमा कल्पना पौडेल र सहसचिवमा देउबहादुर थापा मगर निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार दुवै पदमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध चयन भएका हुन् ।

सभापति पदमा कृष्ण विलास अधिकारी, ज्योतिप्रसाद कँडेल र बुद्धिकान्त न्यौपानेबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ । त्यस्तै, उपसभापतिमा मित्र निधि तिवारी र रेशमबहादुर देउजा तथा सचिवमा रामजी पौडेल र सुमित पराजुली प्रतिस्पर्धामा छन् ।  सभापति, उपसभापति र सचिव पदको नेतृत्व मतदानबाट चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट