Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

तीन लाखमुनि झर्‍यो सुन

तीन लाखमुनि झर्‍यो सुन

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको हो ।

जसअनुसार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो दिन सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँ थियो ।  त्यस्तै चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँ घटेको छ ।  

जसअनुसार चाँदी आज ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट