Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड २४ लाख मौज्दात

भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड २४ लाख मौज्दात

काठमाडौं : गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएfacebook sharing buttonको प्रधानमन्त्री राहत कोषमा कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात जम्मा भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यसबारे जानकारी गराएको हो ।

कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २५ करोड ४ लाख ७१ हजार ५४६ अमेरिकी डलर मौज्दात रहेको छ। 

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको पनि कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट