Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

अयोध्यापुरी होमस्टे ‘पर्यटन गाउँ’ घोषणा हुँदै

अयोध्यापुरी होमस्टे ‘पर्यटन गाउँ’ घोषणा हुँदै

 

चितवन :  चितवनको माडी नगरपालिका–८, शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे यस वर्षको ‘पर्यटन गाउँ’ (गन्तव्य गाउँ) घोषणा हुने भएको छ।होमस्टे सञ्चालन तथा पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भीटोफ–नेपाल) को सिफारिसमा नेपाल पर्यटन बोर्डले उक्त होमस्टेलाई ‘पर्यटन गाउँ’ घोषणा गर्न लागेको हो।

४७औँ विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा हुने विशेष कार्यक्रममा होमस्टेलाई ‘पर्यटन गाउँ’ घोषणा गरी प्रमाणपत्र प्रदान गरिने होमस्टे तथा पर्यटन अभियन्ता श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो।

कार्यक्रम असोज ११ गते बिहान ८ बजे नेपाल होटल, पर्वतीय तथा पर्यटन प्रतिष्ठान, रविभवन, कालिमाटी, काठमाडौंमा हुने जनाइएको छ। भीटोफ–नेपालका अध्यक्ष हरिशरण थपलियाले होमस्टे सञ्चालक समितिलाई कार्यक्रममा उपस्थित हुन आग्रह गर्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट