Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कोशी ब्यारेजमा बहाव बढ्यो, ३१ ढोका खोलिए

कोशी ब्यारेजमा बहाव बढ्यो, ३१ ढोका खोलिए

सुनसरी : कोशी ब्यारेजमा पानीको बहाव बढेपछि ३१ वटा ढोका खोलिएको छ। ब्यारेजमा अहिले करिब २ लाख ४० हजार क्युसेक पानीको बहाव मापन गरिएको कोशी परियोजनाले जनाएको छ।पानीको सतह बढ्दै गएपछि ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। तत्काल आत्तिनुपर्ने अवस्था नरहे पनि तल्लो तटीय तथा डुबान प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल कोशी पुलमा सवारी आवागमन यथावत् छ। बहाव थप बढे आवश्यकताअनुसार आवागमन रोक्न सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट