Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

बाढी प्रभावितलाई मौलाकालिका अस्पतालको दुई लाख सहयोग

बाढी प्रभावितलाई मौलाकालिका अस्पतालको दुई लाख सहयोग

चितवन : गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि मौलाकालिका अस्पताल प्रालिले रु. दुई लाख आर्थिक सहयोग गरेको छ। विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अस्पतालले प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरेको जनाएको छ।

भरतपुर महानगरपालिका–११, बाइपास रोडमा रहेको अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी तथा पहिरोबाट प्रभावित समुदायलाई सहयोग गरेको हो। अस्पतालका निर्देशक डा. रमेश घिमिरेले विपद्का कारण ठूलो जनधनको क्षति भएको र धेरै परिवार प्रभावित बनेको अवस्थामा राहत तथा उद्धार कार्यमा संस्थागत योगदान गर्ने उद्देश्यले दुई लाख रुपैयाँ सहयोग गरिएको बताउनुभयो।

अस्पतालले बाढीपहिरोमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कठिन परिस्थितिमा पीडितको साथमा रहेको जनाएको छ।

डा. घिमिरेका अनुसार अस्पतालको सामाजिक उत्तरदायित्वलाई स्वास्थ्य सेवामा मात्र सीमित नराखी विपद् तथा संकटका समयमा समुदायसँग सहकार्य गर्ने उद्देश्यअनुसार सहयोग गरिएको हो। आर्थिक सहयोगले प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न केही राहत पुग्ने अस्पतालको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट