काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी शनिबार बिहानसम्म १ हजार ४ सय ५३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लामा १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो । फेला परेका शवमध्ये रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ४, धादिङमा ७२, चितवनमा ३ सय ६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
शव पहिचानका लागि मृतक र आफन्तबाट गरी ३ हजार ३ सय ८९ वटा डीएनए नमुना संकलन गरिएको छ । तीमध्ये मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार ६० वटा नमुना छन् । हालसम्म १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । पहिचान हुन नसकेका १ हजार ४ सय २१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ । प्रहरीले अझै ४ हजार ७ सय १८ बेपत्ताको खोजी जारी राखेको जनाएको छ ।
यसैबीच विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार २ सय ५ जना राखिएका छन् । बाढीपछि बेपत्ता भएकाको खोजी, शव पहिचान तथा व्यवस्थापनको काम अझै जारी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij