चितवन : नारायणी नदीमा आएको बाढी नदी किनारको भरतपुर महानगरपालिका–१ स्थित बस्तीमा पसेपछि स्थानीय प्रत्यक्ष प्रभावित भएका छन्।
बाढी घरभित्रै पस्दा घरायसी सामानमा क्षति पुगेको छ भने स्थानीयले सामान सुरक्षित स्थानमा सारिरहेका छन्। बाढीका कारण आसपासका विद्यालयसमेत डुबानमा परेका छन्।
नदीको जलस्तर बढ्दै गएपछि नदी किनारका बस्तीमा थप जोखिम बढेको स्थानीयले बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij