Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भरतपुर–१५ मा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भरतपुर–१५ मा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन :  भरतपुर महानगरपालिका–१५ स्थित गाई अनुसन्धान केन्द्रनजिक स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान ९ः४५ बजे मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०७ प ०४६१ नम्बरको विद्युतीय स्कुटर र सोही दिशातर्फ जाँदै गरेको ना.२४ प ६१९९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा दुवै सवारीका चालक तथा मोटरसाइकलको पछाडि सवार व्यक्ति घाइते भएका थिए। उनीहरूको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको थियो।

उपचारका क्रममा मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका–८ निवासी ४० वर्षीय अनिल भनिने अनिरुद्र केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले स्कुटर चालक भरतपुर–६ निवासी ६५ वर्षीय अनिरुद्र पौडेल र मोटरसाइकल चालक भरतपुर–८ निवासी ३७ वर्षीय विकास नेपालीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट