Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भङ्गी नालामा एक जना मृत फेला

भङ्गी नालामा एक जना मृत फेला

कञ्चनपुर: बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका छन्।
केसी गए रातिदेखि परिवारको सम्पर्कमा नरहेपछि उनी भङ्गी नालामा डुबेको हुन सक्ने आशङ्कामा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म बेलौरीलाई खबर गरेका थिए।
खोजीका क्रममा आइतबार केसीलाई सोही नालामा मृत अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट