Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

युरोपेली नेसन्स लिग : स्पेनसँग इङ्ल्याण्ड पराजित

युरोपेली नेसन्स लिग : स्पेनसँग इङ्ल्याण्ड पराजित

काठमाडौं :  युरोपेली नेसन्स लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा स्पेनले इंग्ल्यान्डलाई पराजित गरेको छ।

वेम्बली रंगशालामा गएराति भएको रोमाञ्चक खेलमा स्पेनले २–१ गोलले पछि परेको अवस्था उल्टाउँदै ३–२ गोलको जित निकालेको हो।

खेलको दोस्रो मिनेटमै लामिन यामालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। तर इंग्ल्यान्डले पहिलो हाफमै खेल उल्टायो। एन्थोनी गोर्डनले ३६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसको चार मिनेटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाएका थिए।

दोस्रो हाफमा स्पेन पुनः खेलमा फर्कियो। एलेक्स बाएनाले ६०औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए। त्यसपछि मिकेल ओयार्जाबालले ७४औँ मिनेटमा गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाए।

त्यसपछि इंग्ल्यान्डले बराबरी गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन। ह्यारी केनले पेनाल्टीमा प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो। यस जितसँगै स्पेनले राष्ट्र लिगको समूह ए मा विजयी सुरुवात गरेको छ। यो समूहमा स्पेन र इंग्ल्यान्डसँगै क्रोएसिया र चेक गणतन्त्र रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij