Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कपनमा ३३ लाख बराबरको धनमाल चोरी

कपनमा ३३ लाख बराबरको धनमाल चोरी

काठमाडौँ : काठमाडौँको बूढानिलकण्ठ नगरपालिका-१० मा सोमबार दिउँसो चोरी भएको छ ।कपन बालुवाखानी डेरा गरी बस्ने प्युठान घर भएकी ३९ वर्षीया सम्झना थापाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहनाहरू चोरी भएको हो ।प्रहरीका अनुसार करिब ३३ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट