काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । मनोनीत केन्द्रीय सदस्यहरूको सपथ ग्रहण समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्ग रहेसम्म वर्गसंघर्ष रहिरहने भन्दै सुरक्षा, समृद्धि र सम्मान हासिल गरेर सुखी नेपाली बनाउन सकिने बताए ।
‘गरिबी हटाउन नसकिने विषय होइन, विभिन्न देशहरूले गरिबी हटाएर व्यवहारिक रूपमा गरिबी निवारणका उपलब्धिहरूको तहमा समाजलाई उठाइसकेका छन्’, ओलीले भने, ‘चरम गरिबी कतिपयले हटाइसकेका छन् । हाम्रो देशमा पनि हामीले लगभग चरम गरिबी हटाइसकेका थियौँ । तर, देशलाई विकास हुन नदिने तत्त्वहरूले हाम्रो अभियानलाई रोक्ने प्रयास गरे ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij