काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी संस्करणका लागि जनकपुर बोल्ट्सले अर्को ठूलो अनुबन्धन गरेको छ। टोलीले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई खरिद गरेको हो।
३८ वर्षीय मोइन अलीले इंग्ल्यान्डका लागि ६८ टेस्ट, १३८ वनडे र ९२ ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन्। टेस्टमा उनले ३ हजार ९४ रन बनाएका छन् भने २०४ विकेट लिएका छन्। वनडेमा २ हजार ३५५ रन र १११ विकेट तथा टी२० अन्तर्राष्ट्रियमा १ हजार २२९ रनसहित ५१ विकेट उनको नाममा छ।
अलीले टेस्टमा ५ शतक र १५ अर्धशतक बनाएका छन् भने उनको उच्च स्कोर १५५ रनको छ। वनडेमा उनको उच्च स्कोर १२८ र टी२० मा ७२ रन रहेको छ। उनले २०१९ को क्रिकेट विश्वकप र २०२२ को टी२० विश्वकप जित्ने इंग्ल्यान्ड टोलीमा महत्वपूर्ण भूमिका खेलेका थिए।
आइपीएल, पीएसएल र बीपीएल जस्ता ठूला लिगको अनुभव बटुलेका अलीले जनकपुर बोल्ट्सको मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोलीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij