मनकामना केबलकार भोलि मंगलबार एक दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि केबलकार सेवा बन्द गर्न लागिएको जनाएको छ।चाडपर्वअघि सेवामा थप सुरक्षा र सहजता सुनिश्चित गर्न नियमित तालिकाअनुसार मर्मतसम्भार गर्न लागिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार असोज २१ गते बुधबारदेखि केबलकार सेवा नियमित रूपमा सञ्चालन हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij