Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

चितवनको रत्ननगर नगरपालिका–३, बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परि एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज बिहान अन्दाजी १०ः३० बजेको समयमा शान्तिचोकबाट तरकारी चोकतर्फ जाँदै गरेको बा.प्र.०६–००८ प ३५६३ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक, रत्ननगर नगरपालिका–१ बस्ने अन्दाजी २० वर्षका ओशिक अन्सारीलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएको थियो। उपचारकै क्रममा बिहान ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुषण यादवले जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक, उदयपुरको रौतामाई गाउँपालिका–९ बस्ने ३८ वर्षका इन्द्रमान परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij