काभ्रे जिल्लाको प्रमुख राजमार्गहरूमा यात्रा गर्ने यात्रुहरूको सुरक्षा, सहजता र सुव्यवस्थित यात्रा सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विशेष चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत यात्रु सहायता कक्षको स्थापना गरेको छ । काभ्रे प्रहरीले "चाडपर्व कसैका लागि दशा नबनोस्" भन्ने मूल मर्मका साथ राजमार्गको यात्रालाई सुरक्षित बनाउन जिल्लाभर सुरक्षा गस्ती तथा आकस्मिक चेकिङ समेत बढाएको छ। कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै एसपी रवीन कार्कीले चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन आम सर्वसाधारण, यातायात व्यवसायी तथा सरोकारवाला निकाय सबैको साथ र सहयोग आवश्यक रहेको हुँदा यात्राका क्रममा केही समस्या वा शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त नजिकैको सहायता कक्ष वा प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभएको छ ।