काठमाडौँ : नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत विभिन्न कलस्टरबाट निर्वाचित हुने ११ सहमहामन्त्रीका लागि ५८ जनाले उम्मेदवारी दिएका छन् । १० कलस्टरबाट निर्वाचित हुने ११ सहमहामन्त्रीका लागि ५८ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले प्रकाशित गरेको पहिलो नामावलीमा उल्लेख छ ।
पार्टीको विधानबमोजिम सहमहामन्त्रीमा खुलाबाट २, महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस आर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, र अल्पसङ्ख्यक÷अपांगता गरी १० वटा क्लस्टरबाट एक–एक जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ।
सबैभन्दा बढी उम्मेदवारी खुला क्लस्टरमा परेको छ, जहाँ १० जना नेताहरूले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै, पिछडिएको क्षेत्रबाट ७ जना, मधेसी क्लस्टरबाट ८ जना र दलित क्लस्टरबाट ४ जनाको उम्मेदवारी परेको छ ।
महिला क्लस्टरबाट २ जना, आदिवासी जनजातीबाट ५ जना, खस आर्यबाट ३ जना थारुबाट ३ जना, मुस्लिमबाट ३ जना र अल्पसङ्ख्यक वा अपाङ्गताबाट ४ जनाको उम्मेदवारी परेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij