Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

एमाले स्थायी कमिटी बैठक बिहिबार बस्ने,वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

एमाले स्थायी कमिटी बैठक बिहिबार बस्ने,वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

काठमाडौँ :  नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा पहिलोपटक वरिष्ठ नेताका रुपमा विद्या भण्डारी पनि सहभागी हुने भएकी छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने प्रचार प्रमुख नीरज आचार्यले बताए ।एमाले केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीमा सम्पूर्ण पदाधिकारी रहने र त्यसमा थप ७ जनालाई मनोनीत गरेको थियोे । यस्तै बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठ नेताका रुपमा मनोनयन गरेको थियो । मनोनयनपछि बोलाइएको पहिलो बैठकमा भण्डारीको सहभागिता हुन लागेको हो ।

स्थायी कमिटीमा पदाधिकारीबाहेक पूर्ववरिष्ठ नेता ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली,काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे रहने भएका छन् ।

बैठकले केन्द्रीय कमिटीद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै विभिन्न तहका जिम्मेवारीबारे निर्णय गर्ने भएको छ । त्यसअन्तर्गत केन्द्रीय सदस्य, पोलिट्ब्युरो, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चसहित विभिन्न विभागका सदस्यको जिम्मेवारी टुंगो लाग्ने आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij