Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

मनाङ–१ मा रोकिए देव, यशोदा बनिन् उम्मेदवार

मनाङ–१ मा रोकिए देव, यशोदा बनिन् उम्मेदवार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीले मनाङ- १ को उम्मेदवार परिवर्तन गरेको छ । पूर्वमन्त्री तथा साबिक माओवादीका महासचिव देव गुरुङ उम्मेदवारी दर्ताका लागि आज मनाङ जाने कार्यक्रम रहेको थियो । तर गुरुङको ठाउँमा नेकपाका नेतृ तथा उनकी पत्नी यशोदा सुवेदी उम्मेदवार बन्ने भएकी छन् ।

गुरुङले उम्मेदवारीबाट पछि हटे पनि पार्टीले जे जिम्मेवारी दिन्छ त्यही गर्ने बताए । ‘चुनाव नलड्ने निर्णय गरेँ । पार्टीले जे जिम्मेवारी दिन्छ, त्यही काम गर्छु’, उनले भने ।

साबिक माओवादी केन्द्रका महासचिव समेत रहेका गुरुङ २०६४ सालमा मनाङ–१ र कास्की–१ बाट विजयी भएका थिए । २०७० मा चुनाव बहिस्कार गरेका उनले २०७४ को निर्वाचनमा लमजुङ–१ बाट विजयी भए । २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि उम्मेदवारी दिन सुवेदी मनाङ जान लागेको गुरुङको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट