Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

ओली र लेखकसहित ४ जनामाथि तत्कालै अनुसन्धान

ओली र लेखकसहित ४ जनामाथि तत्कालै अनुसन्धान

काठमाडौं : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीसहित चार जनामाथि तत्कालै अनुसन्धान अघि बढ्ने भएको छ।

शुक्रबारै गठित बालेन शाह नेतृत्वको सरकारले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले दिएको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै उनीहरुमाथि अनुसन्धान अघि बढ्ने भएको हो। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले सिफारिस गरेका सुरक्षा निकायका पदाधिकारीबाहेक अरुको हकमा तत्काल छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको सरकार प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए। 

सुरक्षा संयन्त्रको हकमा भने अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने निर्णय भएको उनले बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट