Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

१३ नेपाली सुरक्षागार्डको हत्याकाण्डमा सरिफुल्लाहलाई अमेरिकामा २० वर्ष जेल सजाय

१३ नेपाली सुरक्षागार्डको हत्याकाण्डमा सरिफुल्लाहलाई अमेरिकामा २० वर्ष जेल सजाय

काठमाडौँ :  अफगान नागरिक मोहम्मद सरिफुल्लाहलाई आतंकवादी संगठनलाई भौतिक सहयोग तथा स्रोत उपलब्ध गराउने करिब एक दशक लामो षड्यन्त्रमा संलग्न भएको अभियोगमा अमेरिकामा २० वर्ष जेल सजाय सुनाइएको छ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार सरिफुल्लाह सन् २०१६ देखि सन् २०२५ मा पक्राउ पर्नुअघिसम्म आईसीसीएस–केका विभिन्न आतंकवादी गतिविधिमा संलग्न थिए। उनले संगठनका एक दर्जनभन्दा बढी आतंकवादी आक्रमणमा विभिन्न भूमिकामा काम गरेको मन्त्रालयले जनाएको छ।

सरिफुल्लाह संलग्न रहेको भनिएको आक्रमणमध्ये सन् २०१६ मा अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षा गार्डलाई लक्षित गरी भएको आत्मघाती बम विस्फोटसमेत रहेको छ।

जुन २०, २०१६ मा काबुलस्थित क्यानाडेली दूतावासको सुरक्षा गरिरहेका नेपाली सुरक्षा गार्डलाई लक्षित गरी आत्मघाती बम विस्फोट गराइएको थियो। उक्त विस्फोटमा १३ जना नेपाली सुरक्षा गार्डको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij