भरतपुर : ४५औँ विश्व शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेको छ।
सोमबार आयोजित प्रदर्शनमार्फत शान्ति, मानव अधिकार र अहिंसाको पक्षमा आवाज उठाइएको हो। प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाज चितवनका पदाधिकारी तथा अधिकारकर्मीहरूको सहभागिता थियो।
शाखा सभापति पूर्णचन्द्र चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य शम्भु राउतलगायत अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij