Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

परराष्ट्रमन्त्री खनाल अमेरिकामा कूटनीति भेटघाटमा व्यस्त

परराष्ट्रमन्त्री खनाल अमेरिकामा कूटनीति भेटघाटमा व्यस्त

काठमाडौं : अमेरिका भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले कु्टनीतिक भेटलाई तीव्रता दिएका छन्। संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाका अवसरमा न्यूयोर्कमा रहेका उनले साइडलाइन र शिष्टाचार भेटवार्ता गरिरहेका छन्। खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरे। भेटमा दुवै नेताले दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति र तीव्रताका प्राकृतिक विपद्का विषयमा समेत छलफल भएको थियो।  यस्तै खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री रादोस्लाव सिकोरस्कीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। 

साइडलाइनमा भएको भेटवार्तामा नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो।  भेटमा दुवै पक्षले नेपाल र पोल्यान्डबीच बढ्दो सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा जोड दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij