Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

एशियाली खेलकुद : नेपाली महिला कबड्डी टोलीको पहिलो जित

एशियाली खेलकुद : नेपाली महिला कबड्डी टोलीको पहिलो जित

काठमाडाैँ : गत संस्करणको कांस्य पदक विजेता नेपालले जापानमा जारी २० औं एशियाली खेलकुदको महिला कबड्डीमा मंगलवार थाइल्यान्डमाथि रोमाञ्चक जितसहित शुरुवात गरेको छ। नेपाली महिला टोली चीनमा भएको गत संस्करणको १९ औं एशियाली खेलकुदको काँस्य विजेता हो।

अपेक्षा गरिएको खेलमध्ये एक नेपाली महिला कबड्डी टोलीले उत्कृष्ट पुनरागमन जितसँगै एसियाली खेलकुदको शुरुवात गरेको छ। टोकाई सिटिजेन जिम्नाजियममा मंगलवार भएको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले हरायो।

पहिलो हाफमा १५–२४ ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन मिनेट बाँकी छँदा पुनरामगन गरेको हो। नेपालले ३९–३९ को बराबरीमा भेट्टायो। त्यसपछि लगातार अंक जोड्दै नेपालले अग्रता लियो। दोस्रो हाफमा नेपालले थाइल्याण्डलाई दुईपल्ट अलआउट गर्न सफल भयो। 

त्यसअघि पहिलो हाफमा नेपाल पनि दुई पल्ट अलआउट भएको थियो। नेपालको जितमा रबिना चौधरीले उत्कृष्ट प्रदर्शन गरिन्। नेपालले अब बुधवार चाइनिज ताइपेइसँग खेल्नेछ। चार टोली रहेको समूह ‘बी’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। समूहमा नेपाल, थाइल्यान्ड, श्रीलंका र चाइनिज ताइपेइ छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij