रत्ननगर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रत्ननगर नगर समितिको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।सभापति पदका लागि उमेश गिरी र रामहरि न्यौपाने चुनावी मैदानमा छन्।
खुलातर्फ उपसभापति पदमा हरि लामिछाने र नारायण महतो, महिला उपसभापति पदमा सरस्वती चालिसे र रिता काप्री, सचिव पदमा सुवर्ण घिमिरे र सुरेशजंग पाण्डे तथा सहसचिव पदमा मिलन क्षेत्री र पुरुषोत्तम लामिछानेबीच प्रतिस्पर्धा हुने छ।
नयाँ नेतृत्व चयनका लागि ५२८ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij