Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

एसियाली खेलकूदः आज नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै

एसियाली खेलकूदः आज नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौंः जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दै छ। आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ।

नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा आज चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ। समूह चरणमा चिनियाँ ताइपेई, नेपाल, श्रीलंका र थाइल्यान्ड छन्। समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा कास्यपदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ। नेपालले यसअघि समूहको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरिसकेको छ।

आज चिनियाँ ताइपेईलाई हराउन सके नेपालको सेमिफाइनल यात्रा थप सहज बन्नेछ। महिला कबड्डीसँगै आज नेपालका खेलाडीले पौडी, बक्सिङ, कराते, स्क्वास, टेबलटेनिस र उसुमा प्रतिस्पर्धा गर्ने तालिका छ।

नेपालले जारी एसियाली खेलकुदमा अहिलेसम्म पदकको खाता खोल्न सकेको छैन। नेपालबाट प्रतियोगितामा २१ खेलमा १३५ जना खेलाडी सहभागी भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij