काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन् । प्रधानमन्त्री शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको गम्भीर क्षति र त्यसका दीर्घकालीन प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
शाहको सम्बोधनपछि एमाले केन्द्रीय सदस्य बास्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीको सम्बोधन दृढ, सार्थक र जोडदार लागेको बताएका हुन् । उनले लेखेका छन्, ‘प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार लाग्यो। तर म रास्वपा हैन, उनले देशको भावना बोले– मैले खुसी मनले समर्थन गरेँ।’
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयको काखमा रहेको नेपालबाट मानवजातिले आगामी दिनमा भोग्न सक्ने गम्भीर जोखिमबारे विश्वलाई चेतावनी दिन आफू उपस्थित भएको बताएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij