काठमाडौँ : राजतन्त्रको पक्षमा कलाकारहरुले सामुहिक हस्ताक्षर गरेका छन् । राजतन्त्रको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यसहित शाही युवा शक्तिले सञ्चालन गर्दै आएको हस्ताक्षर अभियानमा कलाकार शिव श्रेष्ठ, अर्जुनजंग शाही, आनन्द कार्की, रमेश उप्रेती, पूजा प्रधान, कृष्ण मल्ल, शर्मिला मल्ल, सुनील कटवाललगायतले सामूहिक हस्ताक्षर गरेका हुन् ।
शुक्रबार राजधानीको एलो प्यागोडामा आयोजित कार्यक्रममा श्रेष्ठसहितका कलाकारहरुले राजतन्त्रको पक्षमा हस्ताक्षर गरेको शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले जानकारी दिए । उनका अनुसार अभियान साउन १ गतेदेखि देशभर सञ्चालन हुँदै आएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij