Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

वोल्भरह्याम्प्टन नेपाली समुदायबाट बाढीपीडितका लागि करिब ४१ लाख सहयोग

वोल्भरह्याम्प्टन नेपाली समुदायबाट बाढीपीडितका लागि करिब ४१ लाख सहयोग

चितवन : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली परिवारको राहत तथा उद्धारका लागि बेलायतको वोल्भरह्याम्प्टनस्थित नेपाली समुदायले करिब ४१ लाख रुपैयाँ सहयोग जुटाएको छ।बाढीबाट ठूलो जनधनको क्षति भएपछि वोल्भरह्याम्प्टनमा रहेका नेपालीहरूले सामूहिक रूपमा राहत अभियान सञ्चालन गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रकम संकलन गरेका हुन्।

वोल्भरह्याम्प्टन Hamro नेपाली समाजले मात्रै राहत कोषमा प्रत्यक्ष रूपमा ५ लाख रुपैयाँ जम्मा गरेको जनाएको छ। त्यससँगै विभिन्न व्यवसायी, सामाजिक संस्था तथा नेपाली समुदायका सदस्यहरूको पहलमा च्यारिटी डिनर, सहयोग संकलन कार्यक्रम र अन्य माध्यमबाट थप रकम जुटाइएको हो।
राहत अभियानमा रामचन्द्र सुवेदी–Boatmans Bar & Grill (पूर्व Treasure) बाट २ लाख, राम भट्टराई–Three Crowns Pub (पूर्व अध्यक्ष) बाट ६ लाख, सागर गैरे–Desi Yew Tree (VP) बाट ४ लाख र ऋषि सापकोटा–Gurkha Kitchen (Past VP) बाट ४ लाख रुपैयाँ सहयोग प्राप्त भएको जनाइएको छ।


त्यस्तै, Sitara Hall र Krishna Temple बाट क्रमशः ५–५ लाख रुपैयाँ सहयोग गरिएको छ। Namaste Restaurant लगायतका स्थानमा समेत सहयोग संकलन अभियान जारी रहेको जनाइएको छ।
यसका अतिरिक्त वोल्भरह्याम्प्टनमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूले व्यक्तिगत रूपमा करिब १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष जम्मा गरेका छन्।
राहत अभियानलाई थप प्रभावकारी बनाउन वोल्भरह्याम्प्टनका विभिन्न पब तथा रेस्टुरेन्टहरूमा च्यारिटी संकलन बाकस समेत राखिएको छ। ती बाकसबाट संकलित रकम पनि छिट्टै सम्बन्धित राहत कोषमा हस्तान्तरण गरिने जनाइएको छ।
बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा व्यवसायी, सामाजिक संस्था र सर्वसाधारण नेपालीको उल्लेख्य सहभागिता रहेको छ।
HNSW UK ले कठिन परिस्थितिमा वोल्भरह्याम्प्टन नेपाली समुदायले देखाएको एकता, उदारता र मानवीय भावनाप्रति आभार व्यक्त गरेको छ। राहत अभियानमा आर्थिक सहयोग गर्ने, कार्यक्रम आयोजना गर्ने, व्यवसाय तथा स्थान उपलब्ध गराउने, च्यारिटी बाकस राख्न सहयोग गर्ने तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सबै व्यक्ति, व्यवसाय, संघसंस्था र शुभेच्छुकलाई धन्यवाद दिइएको छ।
समुदायले जुटाएको सहयोगले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij