पर्वत : कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन् ।शनिबार रातिदेखि बाढी बस्तीमा पस्न थालेपछि स्थानीय सुरक्षित स्थानतर्फ लागेका थिए । बाढीबाट मानवीय क्षति भए–नभएको भने अहिलेसम्म यकिन हुन सकेको छैन । बस्तीका अन्य घरसमेत उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।बाढीको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वत र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो ।
टोलीले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै घरभित्रका जिन्सी सामानसमेत सुरक्षित स्थानमा सारेको प्रहरीले जनाएको छ ।बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ भने फोन सम्पर्कसमेत प्रभावित भएको छ । सञ्चार सम्पर्कमा समस्या हुँदा घटनाबाट भएको क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापालेजानकारी दिए।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij