काठमाडौं : मनाङको नारफूस्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् ।मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार, आइतबार बिहान हिमपहिरो गएको हो ।‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ । एकिन भइसकेको छैन। हेलिकप्टर पनि गएको छ । एकपटक उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको ठाउँमा छोडेर आयो । अर्को हेलि फेरि पनि जाँदैछ ।’उनीहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्सबाट गएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij