Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

चितवन उद्योग संघको टोलीद्वारा बाढी प्रभावित उद्योगको स्थलगत अवलोकन

चितवन उद्योग संघको टोलीद्वारा बाढी प्रभावित उद्योगको स्थलगत अवलोकन

चितवन : चितवन उद्योग संघको टोलीले हालै आएको बाढीका कारण क्षति पुगेका उद्योगहरूको स्थलगत अवलोकन गरेको छ। संघका पदाधिकारी तथा प्रतिनिधिहरूको टोलीले बाढीबाट प्रभावित उद्योग क्षेत्रमा पुगेर उद्योग तथा व्यवसायमा भएको क्षतिको अवस्थाबारे जानकारी लिएको हो।
अवलोकनका क्रममा बाढीका कारण उद्योगका मेसिनरी, कच्चा पदार्थ, उत्पादन सामग्री तथा भौतिक संरचनामा पुगेको क्षतिको विवरण संकलन गरिएको संघले जनाएको छ। उद्योगी व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूले भोग्नुपरेका समस्या तथा तत्काल आवश्यक सहयोगका विषयमा समेत छलफल गरिएको थियो।

825292029_1110488758205760_4563700652848338326_n.jpg
चितवन उद्योग संघले विपद्का कारण प्रभावित उद्योगी व्यवसायीलाई आवश्यक सहयोग तथा सहजीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ। संघले उद्योग क्षेत्रको पुनःस्थापना र व्यवसायिक गतिविधिलाई सहज रूपमा सञ्चालन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाएको छ।
बाढी प्रभावित उद्योगको स्थलगत अवलोकनमा संघका अध्यक्ष मदन घिमिरे, बरिष्ठ उपाध्यक्ष गजेन्द्र अधिकारी, उपाध्यक्ष तारा बहादुर कार्की, कार्यसमिति सदस्य शेषमणी भट्टराई, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

825329487_1431102892289032_7479193208875464363_n.jpg
undefined
825340605_2004444880273443_6716930357444359081_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij