Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

गाजामा मृत्यु संख्या ७४ हजार नाघ्यो, युद्ध अझै जारी

गाजामा मृत्यु संख्या ७४ हजार नाघ्यो, युद्ध अझै जारी

काठमाडौं :  गाजामा इजरायल–हमास युद्ध सुरु भएयता मृत्यु हुने प्यालेस्टिनीको संख्या ७४ हजार नाघेको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, सन् २०२३ अक्टोबर ७ देखि जारी युद्धमा हालसम्म ७४ हजार १६ प्यालेस्टिनीको मृत्यु भएको हो । एक लाख ७५ हजार ६८ जना घाइते भएका छन् ।

युद्धको सुरुआत हमासको नेतृत्वमा इजरायलमाथि भएको आक्रमणबाट भएको थियो । उक्त आक्रमणमा इजरायलमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो । 

गत वर्ष अक्टोबर १० मा युद्धविराम लागु भएपछि लडाइँ केही कम भए पनि गाजामा इजरायली हमला पूर्ण रूपमा रोकिएको थिएन । स्वास्थ्य मन्त्रालयका अनुसार, युद्धविराम लागु भएयता थप एक हजार १४५ प्यालेस्टिनीको मृत्यु भएको छ । यस अवधिमा सात इजरायली सैनिक मारिएका छन् ।

यसैबीच, आइतबार मध्य तथा दक्षिणी गाजामा भएका इजरायली हमलामा थप दुई प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij