Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

प्राकृतिक विपत्तिको कोषको हिसाब–किताब सार्वजनिक गर्न सांसद डा. कडेलको माग

प्राकृतिक विपत्तिको कोषको हिसाब–किताब सार्वजनिक गर्न सांसद डा. कडेलको माग

काठमाडौँ : नेकपा एमालेका सांसद प्राध्यापक डा. पुष्पराज कडेलले प्राकृतिक विपत्तिको समयमा सञ्चालनमा रहेका सरकारी कोषहरूको खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद डा. कडेलले मुलुकमा प्राकृतिक विपत्ति आइपर्दा सरकारले दुईवटा विशेष कोषहरू ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मार्फत काम गर्ने गरेको स्मरण गराए ।

उनले विशेष गरी भोटेकोशी बाढीपछि उक्त कोषहरूमा जम्मा भएको रकम र त्यसको खर्च विवरणका सम्बन्धमा सरकारले सदनलाई हालसम्म कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाए ।‘भोटेकोशी बाढीको विपत्तिपछि ती दुई कोषमा कति रकम जम्मा भयो ? कुन–कुन निकायमार्फत कति रकम खर्च भयो ? यसको स्पष्ट विवरण सरकारले सदनलाई दिनुपर्छ,’ डा. कडेलले भने । विपद् व्यवस्थापनका लागि नागरिक र विभिन्न निकायबाट जम्मा भएको रकम पारदर्शी हुनुपर्ने र त्यसको हिसाब–किताब संसदप्रति जवाफदेही हुनुपर्ने उनले बताए । उनले सरकारलाई यथाशीघ्र यथार्थ विवरण सार्वजनिक गर्न माग गरे ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij